नियम २४
अभिलेख व्यवस्थापन
(१) इजाजतपत्र प्राप्त कम्पनीले क्यासिनो स्थलमा खेलाडीले प्रत्येक पटक सटही गरेको विदेशी मुद्राको कारोवार प्रत्येक पटक खरिद गरेको क्वाईन वा चिप्सको सँख्या तथा विवरण, क्यासिनो स्थल छोडी जा“दा फिर्ता गरेको क्वाईन वा चिप्सको सँख्या तथा विवरण र सो वापत फिर्ता लगेको विदेशी मुद्राको यथार्थ विवरण खुल्ने गरी अभिलेखको व्यवस्थापन गर्नु पर्नेछ ।
(२) इजाजतपत्र प्राप्त कम्पनीले उपनियम (१) बमोजिम खडा गरेको अभिलेखको प्रतिलिपि प्रत्येक महिना मन्त्रालय र वित्तीय जानकारी इकाईलाई उपलब्ध गराउनु पर्नेछ ।
(३) कुनै खेलाडीले एक व्यवसाय दिनमा पच्चीस लाखभन्दा बढीको रकम जित वा हार हुने गरी खेलेमा वा क्यासिनो स्थलभित्र शंकास्पद रुपमा नगद वा अन्य कुनै प्रकारको आर्थिक कारोवार गरेको पाइएमा इजाजतपत्र प्राप्त कम्पनीले सोको लिखित जानकारी मन्त्रालय र वित्तीय जानकारी इकाईलाई तुरुन्त दिनु पर्नेछ । स्पष्टीकरण यस नियमको प्रयोजनको लागि “एक व्यवसाय दिन” भन्नाले क्यासिनो स्थलभित्र प्रवेश गरेको समयले चौबीस घण्टाको अवधि सम्झनु पर्छ ।